गौवध गरेको अभियोगमा नमोबुद्धका २ जना पक्राउ

नौलो समाचार संवाददाता
२०७९ भाद्र १०, शुक्रबार मा प्रकाशित ४०९ पटक पढिएको
गौवध गरेको अभियोगमा नमोबुद्धका २ जना पक्राउ

भदौ १०, काभ्रे। गौवध गरेको अभियोगमा दुई जना युवकलाई पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय ज्ञान बहादुर तामाङ र सोही वडाकै १८ वर्षे फुर्वे तामाङलाइ पक्राउ गरेको हो।

पक्राउ परेका फुर्बे तामाङ्गको घर भित्र गाईगोरु जस्तो देखिने चौपाय जनावरको शरिर र टाँउको छुट्ट्याई मासु भाग लगाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार फलामको दाउ समेत फेला पारी रितपुर्वक बरामद गरी गौवध गरेको अभियोगमा कानून बमोजिम पक्राउ गरिएको हो।

उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२७ पशुपंक्षी सम्बन्धी कसूरमा कारवाहीको लागि काभ्रे जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस