कबिता : सपना

नौलो समाचार संवाददाता
२०७९ भाद्र ११, शनिबार मा प्रकाशित ४३४ पटक पढिएको
कबिता : सपना

सपनाहरूका सत्य

तिमी बिना

जीवन , जीवन छैन

केवल

जिउँदो लाश हो

यसैले

जोडिरहन्छु

चुँड़िएको धागो

जानी – नजानी

सबै उदास क्षण

पुरानो सम्बन्धको

धागोले

मुक्त गरिरहेछु गाँठो

चुपचाप

बुनिरहन्छु

सपनाहरूको जालो

यसै विश्वासमा

फर्किआउने छौ

 

तिमी !

मेरो साथ

बनाउनको लागि

सम्बन्धको

चुँड़िएको जालो ।

 

मिरिक, दार्जीलिङ


प्रतिक्रिया दिनुहोस