केही मुक्तक

सूर्यप्रसाद लाकोजू
२०७९ भाद्र १८, शनिबार मा प्रकाशित ६०१ पटक पढिएको
केही मुक्तक

मनमा लागेको मुखले खोल्नुपर्छ
भित्रभित्रै गुम्साएर हुन्न बोल्नुपर्छ
दुईदिने जिन्दगी खुशीसाथ बाँच्न
मनको द्वेषलाई आगोमा पोल्नुपर्छ ।

देखे पनि नदेखेझैं गर्छौ किन ?
छिनछिनमै डेरा सर्छौ किन ?
आफ्नो स्वार्थ पूरा गर्नलाई
मान्छेको नजरबाट झर्छौ किन ?

आफ्ना मान्छे पर सार्छौ
परका मान्छे नजिक पार्छौ
अवश्य आउने छ त्यो दिन
आफ्ना सम्झेर आँसु झार्छौ ।

सूर्यप्रसाद लाकोजू


प्रतिक्रिया दिनुहोस