गायिका अस्मिता अधिकारीको ‘हेर्यो नि दाजैले’ बोलको गीत सार्वजनिक

नौलो समाचार संवाददाता
२०७९ भाद्र २९, बुधबार मा प्रकाशित ८६८ पटक पढिएको
गायिका अस्मिता अधिकारीको ‘हेर्यो नि दाजैले’ बोलको गीत सार्वजनिक

भदौ २९, काभ्रे। गायिका अस्मिता अधिकारीको ‘हेर्यो नि दाजैले’ बोलको गीत सार्वजनिक भएको छ।

गीतको शब्द सृजना एस.एस गणेशले गरेका हुन्।

सन्तोष सुनामले संगीत र एरेन्ज गरी गीतलाई सुमधुर बनाएका छन्।

संकरा डिजिटल स्टुडियोमा सगर पुनले गीत रेकर्ड गरेका हुन् भने मिक्सिंग र मास्टर कुमार सानु पुनले गरेका हुन्।

गीतलाई अझै सुन्दर बनाउन भिडियो निमा लामा र ईशु जिसीले फिचर गरेका छन्।

भिडियोको निर्देशन बिकाश प्रसाईंले गरेका हुन् भने जितु तामाङले भिडियो खिचेका हुन्। सम्पादन तथा VFX पनि जितु तामाङले नै गरेका हुन्।

हेर्नुहोस भिडियो:-

प्रतिक्रिया दिनुहोस