फेरि हामी ठगियौं

रत्नप्रसाद अनामणि
२०७९ आश्विन ८, शनिबार मा प्रकाशित २९४ पटक पढिएको

फेरि हामी ठगियौं

तिमीले देख्यो हाम्रो नेताले देखेन
तिमीले पान्डोराज बकस भनिरहदां
हाम्रो नेताले एम सि सी उपहार सम्झे
नेपाली जनतालाई स्वतन्त्र रुपमा बिकासको बाटो सम्झे

हो ! तिमीले बारम्बार भकेकै थियो
यो देशको आन्तरिक मामिलाको हस्तक्षेप हो ।
राजनीति तार जोड्ने जबर्जस्ती कूटनीति हो।
अरु देशको सार्वभौमसत्ता र
आफ्नो हितमा अरुको अवमूल्यन कहिल्यै गर्नुहुँदैन ।
तर
हाम्रा नेता आफ्नो राष्ट्रियताको चस्मा लगाएर
कहिल्यै पनि हेरेन
किनकी उनीहरुले चस्मा अर्कै लगाएको थियो।
त्यसैले हाम्रो नेताले व्याख्यात्मक घोषणा गर्दा
तिमी आफ्नो डायरीमा
नोट गर्नु पर्यो ।
फेरि एक पटक नेपाली जनता
आफुलाइ ठगिएको महसुस गरेको छ।

-रत्नप्रसाद अनामणि


प्रतिक्रिया दिनुहोस