गजल – रविन्द्र आशिष् शैली

रविन्द्र आशिष् शैली
२०७९ आश्विन १५, शनिबार मा प्रकाशित ३१२ पटक पढिएको
गजल – रविन्द्र आशिष् शैली

अलिकति थपि देउन प्याला खै
छैन माया गर्ने मान्छेको गाला खै

छोडेर गए देखि बिचल्लीमा छु म
र त मेरोपनि निको छैन चाला खै

क्या सस्तो भो पुरस्कार र सम्मान
अब आफूले आफै लिन्छु माला खै

भन्नेले भनी रहुन बायोडाटा बढ्छ
दिनु छोरा पुरस्कार देखा जाला खै

जे थियो उहिले सम्मानित संस्कार
अब लाज जोगाउने पाठशाला खै ?

  • रविन्द्र आशिष् शैली

प्रतिक्रिया दिनुहोस