गजल : पूर्ण श्रेष्ठ हृदयङ्कृत

पूर्ण श्रेष्ठ हृदयङ्कृत
२०७९ आश्विन २२, शनिबार मा प्रकाशित ५७३ पटक पढिएको
गजल : पूर्ण श्रेष्ठ हृदयङ्कृत

बोल्दा पनि मुखै जुठो कति पो कोचल्नु हो।
सँघियता घाँडो भयो निल्नु न ओकल्नु हो॥

मुखुले राम,राम भन्छन बगलीमा छुरा बोकी।
कार्वाही केही हुने हैन के चाहिँ खोतल्नु हो॥

पाईला पिच्छे भ्रष्टाचारले देशलाई गाँजेपछि।
सहनुको पनि सिमा हुन्छ किन नबोल्नु हो॥

अति भए खति हुन्छ बुझेर पनि बुझ पचाए।
सबै मिली सिस्नु पानीमा किन नचोबल्नु हो॥

महँगीले आकाश छोयो सर्बोपरि मोथलेर।
खान पाए ठगबन्धले किन नमोथल्नु हो।

  • पूर्ण श्रेष्ठ हृदयङ्कृत

प्रतिक्रिया दिनुहोस