आमा : गीत

नौलो समाचार संवाददाता
२०७९ आश्विन २९, शनिबार मा प्रकाशित ५६० पटक पढिएको
आमा : गीत

संसारमा सबै भेटिए पनि जन्मदिने आमा भेटिन्न
अजम्वरी आमाको माया मनबाट कहिल्यै मेटिन्न

सन्तानलाई सानो दुःख पर्दा आमाको छाती पोल्दछ
छोराछोरीको सधैं भलो होस् आमाको आत्मा बोल्दछ

आफू भोकै बसेर पनि सन्तानलाई पाल्छिन् आमा
दु.खको बेला पनि सुखको दियो बाल्छिन् आमा

आमाको मन ठूलो हुन्छ शब्दमा भन्न सकिन्न
आमाको पवित्र प्रेमलाई औंलामा गन्न सकिन्न ।

 

  • सूर्यप्रसाद लाकोजू (रचना काल २०६१ साल)

प्रतिक्रिया दिनुहोस