घमण्ड

पूर्णबहादुर श्रेष्ठ "हृदयङकृत"
२०७९ कार्तिक ५, शनिबार मा प्रकाशित ११५२ पटक पढिएको

घमण्ड

प्रसिद्धिको शिखर चुमेर तिमी किन गर्छौ भन घमण्ड।
समय आफैँ वलवान छ बुझ पाऊँछौ कुनै बेला दण्ड॥

अँध्यारोसँग मूकविला नगरी छाउँदैन नव क्रान्ति।
दानवहरुको अन्त्य नभए आउँदैन यो लोकमा शान्ति॥

ठूस्ठुस गन्हाउने किराहरु जब सल्वलिन्छन धर्तिमा।
दुर्गन्धित बनाएर रम्न खोज्छन स्वयँ निस्पट वर्दिमा॥

जो कोहि अघि बढे देशको लागि बिचमै सिध्याई दिन्छन।
कानुन भन्दा माथी रहि निर्दोलाई खुवै प्रयोगमा लिन्छन॥

गरे काम असम्भव छैन भन्दै गर्नै काम केही गर्दैन।
उदण्ड पापी मन छ निष्ठुर र त आँशु कहिल्यै झर्दैन॥

विष जति आफन्तलाई अमृत अरुलाई रित्याउँछन॥
बिदेशिको ईशारामा चलि जन्मभुमि पनि सिध्याउँछन।

  • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”





प्रतिक्रिया दिनुहोस