हावादारी

रविन्द्र आशिष् शैली
२०७९ कार्तिक १२, शनिबार मा प्रकाशित ४८८ पटक पढिएको

हावादारी

उ मान्छे हावा छ
तर काम लाग्छ
उ मान्छे हावा छ
पटक्कै काम लाग्दैन्
उस्ले
स्याललाई बाघ बनाउछ
बाघलाई स्याल
उ चाहिने नचाहिने कुरा काट्छ
विश्वास नगर्नु है पटक्कै
यी शब्द र चर्चाहरु
ठाउँ ठाउँमा सुनिन्छ
सुनाउँछ पनि
तर खै अचेल
हावादारी कै जमाना छ
हिजो सडकमा थियो
तर
आज कुर्सिमा उनिहरुनै छ
देश विकाश उनिहरुको
मुखमा झुण्डिएको छ
भाषणमा त्यहि कुरा छुट्दैन्
भन त कसरी विश्वास नगरौ
हावादारीहरुलाई अचेल,
उनिहरुले तिमीलाई
समस्यामा पारिपनि दिन्छ
समस्यावाट उम्काउछ पनि
यसैले अचेल
हावादारीको जमाना छ
के
तिमीपनि हावादारी हुने होईन त
सडकबाट कुर्सिमा पुग्न ?

– रविन्द्र आशिष् शैली
बनेपा, तिनधारा (हाल कोटेश्वर)


प्रतिक्रिया दिनुहोस