केही हाइकु –

सूर्यप्रसाद लाकोजू
२०७९ कार्तिक १२, शनिबार मा प्रकाशित ४९६ पटक पढिएको
केही हाइकु –


अक्षर खेती
कुवाको छु भ्यागुतो
खस्रो छ जिब्रो ।

२ कालो त्यो काग
मजुर हुँ म भन्दै
चाकडी खोज्छ


मेरो पौरख
दासताको कुवामा
डुबुल्की मार्छ ।


रातको रानी
दिनको त्यो जवानी
चेहरा दुई ।


चम्कने गर्छ
लोभको आकाशमा
पैसाको प्यास ।

– सूर्यप्रसाद लाकोजू


प्रतिक्रिया दिनुहोस