कवयित्री संगिता ठाकुरको कविता संग्रह ‘नेपाल आमा’ विमोचन

नौलो समाचार संवाददाता
२०७९ कार्तिक २६, शनिबार मा प्रकाशित ४८४ पटक पढिएको
कवयित्री संगिता ठाकुरको कविता संग्रह ‘नेपाल आमा’ विमोचन

कात्तिक २६, काभ्रे। कवयित्री संगिता ठाकुरको कविता संग्रह ‘नेपाल आमा’ को एक समारोह वीच वरिष्ठ कवि तुलसी दिवसले विमोचन गरेका छन ।

कविता सङ्ग्रहमा सङ्ग्रहित भित्र समावेश गरिएका कविताहरु अध्ययन र मननयोग्य छन । कविता संग्रहले शासन कौशल, परोपकार,समयसापेक्ष सोच, हार्दिक कोमलता, देशको रक्षा, मानवीय विडम्बना, प्रेम भाव, क्रियाशीलता, आत्मीय सम्बन्ध, स्वच्छ शिक्षा, शोषण रहित समाज, सद्ज्ञान, गरिबी,परिश्रम,विवशता, देशभक्ति,प्रगति, शान्ति, उदारता,उत्साह, धैर्य, सहिष्णुता,संयम, जस्ता मानव जीवनसम्बद्ध कविताहरु रहेका छन्।


प्रतिक्रिया दिनुहोस