हराएको सम्बन्ध…

लघुकथा
ध्रुबकृष्ण ताम्राकार
२०७९ मंसिर २४, शनिबार मा प्रकाशित ५८६ पटक पढिएको
हराएको सम्बन्ध…

साँहिली हेर्दै थिइन कृष्णाको अनुहार हिजो अस्ति भन्दा पनि बढी खुसिले आज चहक थिए।

दशैको चहलपहल आफ्नै आँगनैमा थियो । त्यस माथी कृष्णा आफ्नो भाइ हरि पनि टीका लाउन आउँछ भन्ने खबरले बढी खुसिले फुरुङे भइ उडिरहेको थियो । करिब पाँच बर्ष भयो होला भाइ हरि कलहको जरो गाडेर पानी बराबरको
नरमाईलो घाम छर्किदै बाहिरिएको थियो। कृष्णा मिलनसार भएता पनि हरि आफ्नी श्रीमतिको लहलहैमा लागेर घरै छाडी अन्यत्रै लागेको थियो।
‘साँहिली साँच्चै हरिको सानो अर्को छोरो पनि छ हैन र?
“दुई बर्षको सानो छोरो छ नी.. साँहिली आफ्नो श्रीमानलाई हेर्दै भन्छे।
“बिचरा हरि दुई दुई बच्चा कसरी हुर्काउँदै होला.. कृष्णा त्यसै बरबराउँदै भन्दै थियो। उनको मनमा भाइ प्रती श्रद्धा
जागिरहेको थियो। हुन त सौतेनी आमा पत्तीको भाई थियो।

जति कृष्णाको हक लाग्थ्यो उत्ति हरिको पनि हक लाग्थ्यो तर स्वभाबैले घमण्डी अनि श्रीमतिको कुरा सुनेर बढी नै कलह गरेर अंश लिइ छुटेका थिए यस घटनाले कृष्णाको मन टुटेका थिए। लाख कोसिस गर्दा पनि केही सीप नलागेर
कृष्णा चुप लागेको थियो। जथानाम गाली गलौजा गर्न पछि नहटेका हरि आफ्नो दाज्युसंग कहिले नि आमुने सामुने
नहुने भनी गाउँको जायजेथा अरुलाई नै बेचेर बस्ती भन्दा
पर गुमनाम हुन्छन। सद्भाव र भाइचराको अलि मर्दन
पनि नराखिकन हरि अलगिएको थियो।

“दाजु र भाईको अलिकति त सिमाको ख्याल राख्नु बाबू
समाजले के भन्छ.. जाने बेला कृष्णाको अनुनय भावुक हुँदै
गुंजिरहेको थियो किंतु मति भ्रष्ट भैसकेका हरि किन सुन्थ्यो र त्यसपछि उनिहरुको अत्तोपत्तो नै लागेन यसो बुझ्दा सिमापारी नाघिसकेको भन्ने हल्ला फिजिएको रै छ
यसरी एउटा सम्बन्ध जोगाउन खोज्दा खोज्दै पनि एक तर्फी रुपले टाढिएको थियो। मान्छेमा बिबेक अनि सद्भाव हराएपछि केही नलाग्ने रै छ। नियत ले नियतिसंग पनि पर्खनु पर्छ अन्यथा बदनियतलाई भाग्यले पनि कहिले साथ
दिदैन।
आफू भन्दा ठुलाको केही नै कदर नराखी हिँडेको परिणाम
समयको हुरि पनि रुष्ट हुंदा हरि परदेशमा जम्न सकेनन् ।
भएको सम्पती पनि खर्चेर नै सक्यो।
उनको श्रीमती स्तन क्यान्सरले दुई बच्चा छाडी संसार छोडेर गईन। यसरी हरि बिरानो ठाउँमा बिचलित हुन पुग्छ्न। दुई थोपा आँसु खसाल्न पनि नसकिने पराया देशमा
बिल्कुलै उ एक्लिएको महसुस गर्छन।
बल्ल दाजु कृष्णाको वचन र अनुनय को यादले मन भारी
तुल्याउँछ्न। मनलाई धिक्कारिंदै प्रायश्चित गर्न पुग्छन। र यसपालिको दशैमा दाज्युको हातबाट टीका थाप्न हरि आउने खबर उनले आफ्नो साथी मार्फत पठाएको थियो।

बाहिर ढोकाबाट घण्टिको आवाजले कृष्णाको एक्लो तरङ
झस्किन पुग्छ। जुरुक्क उठेर झ्याल बाहिर नियालेर हेर्दा बाहिर हरि उभिरहेको देख्छ्न साथमा दुइटा स-साना बच्चाहरु पनि उभिरहेको थियो । कृष्णाको खुसिको सिमा नै रहेनन्। कृष्णा द्गुरेर तल ढोका खोल्न जान्छ्न।
“संकोच मान्नु पर्दैन आउ भित्र आउ न,, अलि अप्थेरो मानिरहेको हरिलाई हेर्दै भन्छ्न।
आफ्नो दुई बालकलाई दुई हातले बेरिरहेका हरि गहभरी
आँसु झारिरहन्छन।
“दाइ मलाई माफ गरि देउ” भन्दै दाजुलाई ढोग गर्छन।
“धैट्ट लाटा! म तेरो दाइ त हुँ नि कोहि पराया हुं र,, कृष्णाको आवाजमा आत्मियता झल्किरहेको थियो।

आखिर पैसामा तौलिएर छुटाएको सम्बन्धलाई कृष्णाले कदापी मानेनन् बरु उनले हराएको सम्बन्धलाई भित्रै देखि
रगत सिंचित गरि आत्मियतामा बाँधिरहेका थिए।
उनमा परिवार र रगतको नाता धेरै गाढिएको रहेछ।
आज दशैको दिन आफ्नो हराएको परिवार आफ्नो सामु उभिरहेको देख्दा लाख लाख दुर्गा भवनिलाई स्मरण र डण्ड्वत गर्छ्न।
हरि र बच्चाहरुलाई कृष्णा दोर्‍याइ माथी लान्छन।

हरि दाजुको हातबाट टीका र जमरा थापी आर्शिबाद माग्छन । आफुले गरेको व्यवहारबाट लज्जाबोध भएको
महसुस गर्दै क्षमाप्रार्थी भन्छन।
,,तिमीमा परिवार प्रति सम्मान र आदर देखियो त्यो नै सुखद
देखियो,, कृष्णाको स्वरमा बिभोर देखिन्थ्यो।
हालातले तिमीलाई दुखित बनायो त्यसमा म पनि दुखी नै छुँ। हरिलाई हेर्दै कृष्णा भन्दै थियो।

त्यो रात अबेलासम्म दुबैको कुराकानी चल्छन। रात मध्य गहिरो देखेर कृष्णा आफ्नो कोठामा सुत्न जान्छन।
चार दिनको बसाइपछि एकाएक झिसमिसेमा फेरि हिड्न लाग्दा
,,नजाउ भाइ अब तिम्रो कोठाको साँचो यहि नै हो, भन्दै साँचो को झुप्पा दिन खोज्छन त हरि अक्क्मकिन्छ।
कृष्णाको उदार भावनाको अगाडि हरिको प्रयस्चित पनि
निकै गलिसकेको रहेछ।
अस्तु

-ध्रुबकृष्ण ताम्राकार, पनौती 

प्रतिक्रिया दिनुहोस