टर्कीमा दुई शक्तिशाली भूकम्प, २३ सय भन्दा बढीको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ माघ २३, सोमबार मा प्रकाशित २६७ पटक पढिएको
टर्कीमा दुई शक्तिशाली भूकम्प, २३ सय भन्दा बढीको मृत्यु

माघ २३, टर्की। टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण कैयौँले ज्यान गुमाएका छन्।

अमेरिकाको जियोलोजिकल सर्भेका बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो पनि गएको हो।

यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड मापन गरिएको छ।

दुवै भूकम्पका कारण २ हजार ३०० जनाभन्दा बढीको ज्यान गएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्।

टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए।

उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ।

द्वन्द्व प्रभावित उत्तरी सिरियामा मात्रै हालसम्म ८०० जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।

उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।

टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस