रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन

नौलो समाचार संवाददाता
२०७९ माघ २४, मंगलबार मा प्रकाशित ३२१ पटक पढिएको

रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन

माघ २४, काठमाडौँ। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ।

अभिवक्ता युवराज पौडेल (सफल) ले आज (मंगलबार) जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन् ।

लामिछानेले तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन २०७६ को दफा २१ को खण्ड (क) विपरीत गतिविधि गरेकाले पाँच वर्ष कैद र हदैसम्म जरिमाना गर्नेगरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ ।

उनले लामिछानेको नाममा नयाँ राहदानी समेत जारी नगर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा माघ १७ गते जाहेरी दर्ताका लागि निवेदन पेस भएकामा दर्ता गरिएको पनि उल्लेख छ । उनले सो उजुरी दर्ताका लागि आदेश जारी गरिदिन निवेदनमार्फत आग्रह गरेका छन् ।

यसअघि लामिछानेको नागरिकता अवैध भएको ठहरसहित सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो भने सोही अनुसार उनले नागरिकता कायम गराउनुपर्ने भएको थियो । सँगसँगै उनले नेपाली राहदानी दुरुपयोग गरेको आरोप पनि रहेको छ ।


प्रतिक्रिया दिनुहोस