कांग्रेसका जितनारायण श्रेष्ठले दिए रवि लामिछानेलाई बधाई

नौलो समाचार संवाददाता
२०८० बैशाख १२, मंगलबार मा प्रकाशित ८११ पटक पढिएको
कांग्रेसका जितनारायण श्रेष्ठले दिए रवि लामिछानेलाई बधाई

बैशाख १२, चितवन। नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई बधाई दिनुभएको छ।

चितवन-२मा मत गणना बाँकी रहँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले फराकिलो मतान्तरसहित विजयी नजिक पुगेपछि श्रेष्ठले नेपालको झण्डा उपहार दिँदै बधाई दिनुभएको हो। आफूले लामिछानेको काममा सहयोग गर्ने प्रतिबद्धता गर्दै उहाँले शुभकामना दिनुभएको हो।

क्षेत्र नम्बर दुईको विकासमा धेरै काम गर्न बाँकी रहेको बताउदै श्रेष्ठले यहाँको समस्या समाधान गर्न लामिछानेले सहयोग मागे आफु तयार रहेको बताउनुभयो। रबिसँग राष्ट्रले अपेक्षा गरेको श्रेष्ठले बताउनुभयो।

जीतको नजिक पुगेका रास्वपा सभापति रवि लामिछानेले स्वच्छ र स्वस्थ प्रतिस्पर्धा भएको बताउँदै सहकार्य काम गर्ने बताउनुभयो। प्राप्त मतलाई दम्भ नभई अवसरका रुपमा लिने उहाँको भनाई छ। ‘मलाई उहाँले झन्डा मात्रै होइन ठूलो जिम्मेवारी दिनुभएको छ। चुनावी दौरानमा भएका संवाद सुरु गर्दा सकारात्मक रुपले हामीभित्र असल मानिसको जम्काभेट भएको महसुस गरेको छु ,’ लामिछानेले भन्नुभयो , ‘नयाँ पुस्ताले अभ्यास गर्ने लोकतन्त्र स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हो। सहकार्यको लागि हात बढाउनु भएको छ त्यो मेरो लागि सुखद छ।’


प्रतिक्रिया दिनुहोस