नमोबुद्ध गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा निर्माण

नौलो समाचार संवाददाता
२०८० बैशाख २५, सोमबार मा प्रकाशित १३९९ पटक पढिएको
नमोबुद्ध गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा निर्माण

बैशाख २५, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ।

बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो प्रतिमा निर्माण गरिएको समितिले जनाएको छ।

विभिन्न आर्थिक बर्षमा गरी वडाबाट ५० लाख, बाग्मती प्रदेश सरकारको २५ लाख, स्थानीयको सहयोग ३० लाख र श्रमदान समेतबाट करिब १ करोड १५ लाखको अनुमानित लागतमा प्रतिमा स्थापना गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार, प्रतिमा निर्माण स्थलमा पर्खाल निर्माणको लागि थप २५ लाख विनियोजन भएको थियो।

प्रतिमामा सोमबार प्राण प्रतिष्ठान गरिएको छ। धर्म गुरु क्याब्जे खेन्टुल ग्याङखाङ रिम्पोछे, नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा र उपप्रमुख रत्नबहादुर लामाले संयुक्त रुपमा प्रतिमा अनावरण गर्नुभयो।

नगर प्रमुख लामाले सो स्थानमा अन्य पूर्वाधार निर्माण समेत गर्न बाँकी रहेको भन्दै संघ, प्रदेश र स्थानीय सरकारबाट पनि बजेट बिनियोजन गर्ने बताउनुभयो। धर्मगुरु रिम्पोछेले गुरु पद्यसम्भवको प्रतिमा स्थापनाले सो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना बढ्नुको साथै प्रगति हुने विश्वास व्यक्त गर्नुभयो।


प्रतिक्रिया दिनुहोस