आईटीएफ ताईक्वानडो प्राविधिक तालीम तथा ‘कालो पेटी’ दिक्षान्त समारोह सम्पन्न

नौलो समाचार संवाददाता
२०८० श्रावण २२, सोमबार मा प्रकाशित १४४० पटक पढिएको
आईटीएफ ताईक्वानडो प्राविधिक तालीम तथा ‘कालो पेटी’ दिक्षान्त समारोह सम्पन्न

साउन २२, भक्तपुर। ताईक्वानडो आईटीएफ़ नेपाल तथा ईडेन गार्डेन विद्यालय भक्तपुरको आयोजनामा ताईक्वानडोको प्राविधिक तालीम तथा कालोपेटी दिछ्यान्त समारोह सम्पन्न भएको छ।

शनिबार बिद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा ४४ जना खेलाडीलाई ताईक्वानडो प्राविधिक तालीम तथा कालो पेटी प्रदान गरी दिक्षित गरिएको हो।

तालीममा ४४ जना खेलाड़ीहरूलाई मास्टर लक्ष्मण बस्नेत तथा अन्तर्राष्ट्रिय खेलाड़ी एवं प्रशिक्षक गायाजी खड़काद्वारा ताईक्वानडोका पेटर्न तथा किकिंग प्रविधिलाई लक्षित गरी तालीम प्रदान गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर जिल्ला खेलकूद समितिका अध्यक्ष दीपक थापा, समितिका  पुर्व अध्यक्ष दिलिप खत्री रहनुभएको थियो।

यस्तै, ताईक्वानडो आईटीएफ नेपालका अध्यक्ष एवं आईटीएफ़ ताईक्वानडोमा नेपालको लागी पहिलो अन्तर्राष्ट्रिय पदक तथा बिश्व चैम्पियन प्रतियोगीताका कास्य पदक विजेता मास्टर लक्ष्मण बस्नेत, उपध्यक्ष राजिब कड़ेल र विद्यालयका सहायक प्रधानाध्यापक अनीश राईले सहभागी खेलाड़ी एवं प्रशिक्षकहरुलाई ताईक्वानडोका प्रथम, दोस्रो, तेस्रो र चौथो डानको राष्ट्रीय तथा अन्तर्राष्ट्रिय प्रमाणपत्र बितरण गर्नुभएको थियो।

प्रथम डान प्राप्त गर्ने खेलाड़ीहरुमा भूपेनराज लामीछाने, प्रवेश बास्तोला, रोजित देऊला, रोशन तामाङ, सफल माझी, सूशन भोलान, सूजन साल्मी, सूशन ब्लोन, देवराज तामाङ, अर्जुन तामाङ, अर्जुन गोले, जयराम बी.सी. छन्।

यस्तै, दोस्रो डान प्राप्त गर्न लक्ष्मण बस्नेत तथा अन्तर्राष्ट्रिय खेलाड़ी एवं प्रशिक्षक गायाजी खड़काद्वारा ताईक्वानडोका पेटर्न तथा किकिंग प्रविधिलाई लक्षित गरी तालीम दिईएको थियो।

दोस्रो डान प्राप्त गर्नेमा आस्तिक नकर्मी, शान्तकुमार रानामगर, आरती शिंखवाल, बिनोद बीके, बेरबहादुर घिसिंग र निशान्त लामीछाने रहेका छन्।  यसैगरी तेस्रो डान प्राप्त गर्नेमा घनाश्याम आचार्य खत्री, सस्मन बस्नेत, प्रभुराम के शी रहेका छन्। गायाजि खड़काले चौथो डान हासिल गर्न सफल भएका छन्।

तालीम पश्चात ताईक्वानडो आईटीएफ नेपालका सचिब उद्दब कार्कीले कार्यक्रम संचालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस