तीज फोटो प्रतियोगिताका उत्कृष्ट घोषित

नौलो समाचार संवाददाता
२०८० आश्विन ११, बिहिबार मा प्रकाशित ६७१ पटक पढिएको

तीज फोटो प्रतियोगिताका उत्कृष्ट घोषित

बनेपा/ नेपाली कांग्रेस सांस्कृतिक शाखाको आयोजनामा भएको तीज फोटो प्रतियोगिताका उत्कृष्ट ५ घोषित भएका छन् । बिहिबार बनेपा एक कार्यक्रम गरेर उत्कृष्ट घोषितलाई पुरस्कृत गरिएको हो ।
शाखाको फेसबुक पेजमा पोष्ट गरिएको फोटोमा बढी लाइक, कमेन्ट र शेयर भएको आधारमा कविता थापा श्रेष्ठ पहिलो, कमला गौतम हुमागाई दोस्रो, आशिका श्रेष्ठ तेस्रो, रविना रजक अधिकारी चौथो र मञ्जु आचार्य घिमिरे पाँचौ भइन् । उनीहरुलाई नेपाली कांंग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले पुरस्कृत गरे । सहभागी मध्ये गोलाप्रथाका आधारमा ९ जनालाई कार ड्राइभिङ तालिम र १९ जनालाई साडी उपहार प्रदान गरिएको शाखाका सचिव धनपति दाहालले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथी शिवप्रसाद हुमागाईले महिला अधिकारको लागि कांग्रेस सधै प्रतिवद्ध भएको जानकारी गराउँदै यस्ता प्रतियोगिताले महिला अधिकार, सहभागिता सुनिश्चित गर्ने बताए । बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री समेत रहेका कांग्रेस जिल्ला सभापति तीर्थ लामाले कांग्रेसले महिलाहरुलाई सधै समान अवसर दिएको बताए । सांस्कृतिक शाखा संयोजक समेत रहेका कांग्रेस जिल्ला सदस्य रामकृष्ण पोखरेलले सामाजिक सञ्जाल मार्फत प्रतियोगिता गर्दा राम्रो प्रतिकृया पाएको भन्दै पुरस्कारलाई पनि सिपसंग जोडिएको बताए ।
कार्यक्रममा गायक रामहरी न्यौपाने, इन्द्रेणी कार्यक्रमका गायक युवराज चौलागाई, धनपति दाहाललगायतको प्रस्तुतीमा सहभागीले भरपूर मनोरञ्जन लिए ।

प्रतिक्रिया दिनुहोस