विद्यार्थीलाई ट्रयाकसुट, अभिभावकलाई बाख्रा सहयोग

नौलो समाचार संवाददाता
२०८० आश्विन १२, शुक्रबार मा प्रकाशित ६२० पटक पढिएको
विद्यार्थीलाई ट्रयाकसुट, अभिभावकलाई बाख्रा सहयोग

शंखु / धुलिखेल–१२ स्थित शंखेश्वरी महालक्ष्मी माध्यमिक विद्यालयका २ सय ९० बालबालिकालाई ट्रयाकसुट र १० जेहेन्दार विद्यार्थीका अभिभावकलाई बाख्रा वितरण गरिएको छ । सोही विद्यालयको एसएलसी २०४४ समूहले आफ्ना शिक्षकहरुलाई सम्मान सहित बालबालिकालाई सहयोग गरेको कार्यक्रम संयोजक माधव थापाले जानकारी दिए । वरिष्ठ कलाकार हरिवंश आचार्य लगायत अतिथीहरुले बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रमको लागि राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको थियो ।
धुलिखेल–१२ का वडाअध्यक्ष समेत रहेका एसएलसी २०४४ समूहका सदस्य मोहनप्रसाद लामिछानेको सभापतित्वमा भएको कार्यक्रमा सो विद्यालयबाट २०७९ सालको माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा सहभागीलाई पनि विदाइ गरिएको थिए ।


प्रतिक्रिया दिनुहोस