मोटरसाइलकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नौलो समाचार संवाददाता
२०८० आश्विन १३, शनिबार मा प्रकाशित २२० पटक पढिएको
Post Thumbnail

बनेपा /मोटरसाइलकले ठक्कर दिएका पैदलयात्री बनेपा -११ का ६० बर्षीय कैलाश थापाको उपचारको क्रममा मृत्यु भएको छ । विहान पनौतीबाट बनेपा तर्फ आउदै गरेको बा.प्र ०२- ००७ प २९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका थापाको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । घटना लगत्तै शिर मेमोरियल अस्पताल बनेपा लगिएका उनलाई थप उपचारको लागि न्यूरो अस्पताल पठाइएको थियो । मोटरसाइकल र चालक बनेपा-९ का राजेश नेपाली इलाका प्रहरी कार्यलय बनेपाको नियन्त्रणमा छन् ।


प्रतिक्रिया दिनुहोस