नमोबुद्ध–६ का दुई विद्यालयमा विद्यार्थीलाई पोशाक, झोला सहयोग

नौलो समाचार संवाददाता
२०८० आश्विन १५, सोमबार मा प्रकाशित ३२४ पटक पढिएको
नमोबुद्ध–६ का दुई विद्यालयमा विद्यार्थीलाई पोशाक, झोला सहयोग

भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिका वडा नं ६ का दुई विद्यालयमा विद्यार्थीलाई पोशाक, जुत्ता र झोला वितरण गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं, लायन्स क्लव अफ बबरमहल, लायन्स क्लव अफ न्यू पाथिभरा र लायन्स क्लव अफ डाउनटाउनको सहयोगमा बयरबोटस्थित भगवती प्राथमिक विद्यालय र खाक्सीस्थित सेतीदेवी आधारभूत विद्यालयका बालबालिकाहरुलाई विद्यालय पोशाक, जुत्ता र झोला वितरण गरिएको वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसीले जानकारी दिए ।
नगरप्रमुख कुनसाङ लामा, लायन्स क्लवका प्रतिनिधीहरुले विद्यार्थीहरुलाई ती सामाग्री प्रदान गरेका थिए । नगर प्रमुख लामाले यस्ता सहयोगले बालबालिकामा हौसला र प्रदान गर्ने बताए । भगवती प्राथमिक विद्यालयका प्रधानाध्यापक नविन अधिकारीले सहयोग गर्ने सबैमा आभार प्रकट गरे ।


प्रतिक्रिया दिनुहोस