बनेपा नगर स्तरीय लोकनृत्य प्रतियोगितामा विद्यासागर स्कुल प्रथम

नौलो समाचार संवाददाता
२०८० आश्विन १६, मंगलबार मा प्रकाशित ६९९ पटक पढिएको

बनेपा नगर स्तरीय लोकनृत्य प्रतियोगितामा विद्यासागर स्कुल प्रथम

बनेपा/ नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा नगर समितिको आयोजनामा भएको नगर स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी विद्यासागर इंग्लिस सेकेन्डरी स्कुलले जितेको छ ।
२० विद्यालयका विद्यार्थी सहभागी भएको प्रतियोगितामा नाइटिङ्गेल एकेडेमी द्धितीय, प्रगति प्रभात एकेडेमी तृतीय, स्प्रिङहिल इंग्लिस बोडिङ्ग स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक एवं इसा मेमोरियल स्कुलका प्रवन्ध निर्देशक नारायण जोशीले जानकारी दिए । भर्सटाइल डान्सको उपाधी ग्रेसल्याण्ड सेकेन्डरी स्कुलले प्राप्त ग¥यो । इशा मेमोरियल स्कुल र अर्किड इन्टरनेशनल स्कुलले गेष्ट पर्फमेन्स राखेको कार्यक्रममा अजोन थिङ र सुमित्रा खड्का निर्णायकको भुमिकामा थिए । प्याब्सन बनेपा नगर समितिका अध्यक्ष कुमार मानन्धरको सभापतित्वमा कार्यक्रम भएको थियो ।






प्रतिक्रिया दिनुहोस