तरुण दल सामाजिक कार्यमा, बनेपा वडा नं ५ कार्यसमितिले गर्यो पोखरी सरसफाई

नौलो समाचार संवाददाता
२०८० आश्विन १६, मंगलबार मा प्रकाशित १३०३ पटक पढिएको

तरुण दल सामाजिक कार्यमा, बनेपा वडा नं ५ कार्यसमितिले गर्यो पोखरी सरसफाई

बनेपा / नेपाल तरुण दल बनेपा वडा नं ५ कार्यसमितिले सामाजिक कार्यलाई निरन्तरता दिएको छ । तरुण दलले काँठु गणेशको क्वाँथः गणेश र क्वाँथः टोलस्थित धसिला पोखरी सरसफाइ गरेको छ ।
नेपाल तरुण दल जिल्ला उपसभापति विजेन रञ्जित, बनेपा नगर सभापति बिवेक बैंजुको उपस्थितीमा भएको सरसफाइमा जुत्ता, चप्पल, खाद्यवस्तुका प्लाष्टिकका खोल, माधक पदार्थका बोतल लगायत ६ बोरा फोहोर संकलन गरेको तरुण दल वडा सभापति कृष्ण भट्टराईले जानकारी दिए । दशैं लगायतका पर्वलाई लक्षित गरेर सरसफाई गरिएको तरुण दलले जनाएको छ । तरुण दलले यसअघि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा अघि रहेको राजा पोखरी सरसफाई गरेको थियो ।






प्रतिक्रिया दिनुहोस