कांग्रेस क्षेत्र नं १ (क) र सम्पर्क समितिले शुभकामना आदान–प्रदान गर्ने

नौलो समाचार संवाददाता
२०८० आश्विन २३, मंगलबार मा प्रकाशित १६११ पटक पढिएको

कांग्रेस क्षेत्र नं १ (क) र सम्पर्क समितिले शुभकामना आदान–प्रदान गर्ने

बनेपा/ नेपाली कांग्रेस काभ्रे प्रतिनिधी सभा क्षत्रे नं १ को प्रदेश सभा (क) क्षेत्रीय कार्यसमिति र काभ्रे–काठमाडौं सम्पर्क समितिले शुभकामना आदान–प्रदान र बार्षिक समिक्षा गर्ने भएका छन् ।

विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा कांग्रेसको प्रदेश क्षेत्रीय कार्यसमिति र सो प्रदेशको सम्पर्क समितिले संयुक्त रुपमा असोज २७ गते शनिवार पेप्सिकोलास्थित स्टार क्याफे एण्ड व्याङकेटमा कार्यक्रम गर्न लागेको क्षेत्र नं १ (क) का कोषाध्यक्ष रमेश तामाङले जानकारी दिए ।

बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले उद्धघाटन गर्ने कार्यक्रममा कांग्रेसका जिल्लास्तरीय नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका साथै विभिन्न पेशा व्यवसाय गरी काठमाडौं उपत्यकामा रहेकाहरु सहभागी हुने काभ्रे–काठमाडौं सम्पर्क समिति प्रदेश सभा १ (क) का सभापति राजन लामाले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस