कांग्रेस क्षेत्रीय कार्यालयलाई शिक्षक संघ तेमालको सहयोग

नौलो समाचार संवाददाता
२०८० आश्विन २८, आईतबार मा प्रकाशित २६२ पटक पढिएको
कांग्रेस क्षेत्रीय कार्यालयलाई शिक्षक संघ तेमालको सहयोग

काठमाडौं / भकुण्डेवेशीमा निर्माणाधिन नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालयको लागि नेपाल शिक्षक संघ तेमालले सहयोग गरेको छ ।

काठमाडौमा नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समितिको प्रदेश सभा १(क) कार्यसमितिले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल शिक्षक संघ तेमालका अध्यक्ष ग्यान्ज लामाले शिक्षकहरुबाट संकलित १ लाख ८० हजार रुपैयाँ कांग्रेस प्रदेस सभा १’क’ का कोषाध्यक्ष रमेश तामाङलाई हस्तान्तरण गरे ।

नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले पार्टी कार्यालय निर्माणको लागि भएको सहयोगप्रति आभार प्रकट गरे ।

कांग्रेस क्षेत्रीय कार्यसमितिले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक सबैबाट सहयोग संकलन गरी निर्माणाधिन भवनलाई पूर्णता दिन लागेको प्रदेस सभा १’क’ का कोषाध्यक्ष रमेश तामाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस