आर्थिक विकासमा सहकारीको भूमिका उल्लेख्य – मन्त्री लामा

नौलो समाचार संवाददाता
२०८० आश्विन २९, सोमबार मा प्रकाशित २७२ पटक पढिएको
आर्थिक विकासमा सहकारीको भूमिका उल्लेख्य – मन्त्री लामा

रोशी– वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले समाजको आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

रोशी गाउँपालिका वडा नं. ९ मंगलटारस्थित मंगलेश्वर वित्तीय सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा तथा ८ औ अधिवेशन उद्घाटन गर्दै मन्त्री लामाले मंगलेश्वर सहकारीले मंगलटार क्षेत्रको शैक्षिक क्षेत्र र आर्थिक अवस्थालाई माथी उठाउन सहयोग गरेको बताए । रोशीका जनता समृद्ध बनाउनको लागि आफ्नो जीवन रहेसम्म अहोरात्र लागिपर्ने उनले प्रतिवद्धता जनाए । रोशीको विकासको लागि अन्य मन्त्रालयबाट समेत पहल गरी विकास गर्ने प्रतिवद्धता जनाए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गरिबी न्यूनीकरणमा सहकारी सहकारीको भुमिका उल्लेख्य रहेको बताए । मुलुकले लिएको समृद्धको लक्ष्य पूरा गर्न सहकारीले आर्थिक अलावा अन्य क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए । बैंकहरू शहर केन्द्रित भएको अवस्थामा मंगलेश्वर सहकारी स्थापना गरेर मंगलटार क्षेत्रको विकास र समृद्धीमा सहयोग पुगेको अध्यक्ष लामाले बताए । खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रीमार्फत रोशीमा करिब १ अर्ब बजेट बिनियोजन भएको भन्दै आभार प्रकट गरे ।

जिल्ला बचत संघ काभ्रेका सल्लाहकार सम्भुलाल श्रेष्ठले १ हजार २ सय ५९ वटा सहकारी जिल्लामा क्रियाशील रहेको बताउँदै २ हजार ५५ जनालाइ रोजगारी दिदै सहकारीहरूले २४ करोड ५१ लाख कर तिरेको बताए । नीति नियममा नचलेका सहकारीका कारण समग्र सहकारी अभियानलाई नै असर गरेको भन्दै समुदायमा आधारित सहकरी नभाग्ने र नडुब्ने बताए ।

नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझाले शहरमा व्यापारिक हिसाबले चलेको सहकारीमा समस्या भएको भन्दै गाउँमा साधारणसभाको उपस्थिती र उत्साहले सहकारीप्रतिको विश्वास झल्किएको बताए ।

सहकारीका अध्यक्ष मानबहादुर तामाङले सहकारीको भवन जिर्ण रहेकाले बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । सहकारीका संस्थापक अध्यक्ष श्रीकृष्ण न्यौपानेले सहकारी भाग्ने र डुब्ने डर नभएको बताए ।

संस्थाका सचिव सुवर्ण राय, कोषाध्यक्ष साधुराम अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक राजेन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ । उपाध्यक्ष इन्द्रकुमार राय, महिला उपसमिति संयोजक रहेकी संचालक महेश्वरी थापा न्यौपाने लगायतले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस