मण्डनदेउपुरको कुन्ताबजारमा पहिलोपटक अनुगमन

नौलो समाचार संवाददाता
२०८० आश्विन ३०, मंगलबार मा प्रकाशित २०० पटक पढिएको
मण्डनदेउपुरको कुन्ताबजारमा पहिलोपटक अनुगमन

मण्डनदेउपुर \ मण्डनदेउपुरको कुन्तावेशी बजारमा पहिलोपटक अनुगमन भएको छ ।

नगरपालिकाले पहिलोपटक कुन्तावेशी बजारका किराना, तरकारी, फलफूल, मिठाई, मासु, खाद्यान्न र हार्डवेयर पसलको अनुगमन गरेको नगर उपप्रमुख विष्णुमणि नेपालले जानकारी दिए । चाडपर्वको बेलामा उपभोक्ता थप ठगिन सक्ने भन्दै अनुगमन गरिएको उनले बताए ।

उनका अनुसार, म्याद गुज्रेका केही सामान बजार अनुगमनका क्रममा फेला परेको छ । केही पसलमा म्याद ग्रुजिएको खाद्य सामग्री भेटिएको थियो ।
नगरपालिकाले विषयगत शाखा प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधीसहित ३ वटा समूह बनाएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बजार अनुगमनलाई नियमित गर्ने बताए । मण्डनदेउपुर नगरपालिकाको बजार क्षेत्र कुन्तावेशी, हिंगुवापाटी, सिपाघाट, नगरकोट क्षेत्रमा पनि क्रमशः अनुगमन गरिने उनले जानकारी दिए ।

मण्डनदेउपुर उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीप्रसाद नेपालले बजार अनुगमन राम्रो काम भएको भन्दै स्वागत गरे ।


प्रतिक्रिया दिनुहोस