सकियो बनेपा महोत्सव, ५० हजार भन्दा बढीले अबलोकन गरे

नौलो समाचार संवाददाता
२०८० कार्तिक ४, शनिबार मा प्रकाशित ३६० पटक पढिएको
सकियो बनेपा महोत्सव, ५० हजार भन्दा बढीले अबलोकन गरे

बनेपा\ बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा भएको ‘बनेपा महोत्सव–२०८०’ सकिएको छ । ५० हजार भन्दा बढीले महोत्सव अबलोकन गरेको मिडिया संयोजक कौशलराज खड्काले जानकारी दिए ।

‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले असोज १९ देखि कार्तिक ४ गतेसम्म महोत्सव आयोजना गरेको थियो ।

बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थबहादुर लामाले उद्धघाटन गरेको महोत्सव जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले समापन गरे ।

महोत्सवमा बिभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिता आयोजना गरिएको थियो प्रत्येक दिन राष्ट्रियस्तर तथा स्थानीय कलाकारहरू सांस्कृतिक प्रस्तुती राखेका थिए ।


प्रतिक्रिया दिनुहोस