कांग्रेस क्षेत्रीय सभापति हेमले जुटाए क्यान्सरपीडितको लागि सहयोग

नौलो समाचार संवाददाता
२०८० कार्तिक ७, मंगलबार मा प्रकाशित २१२७ पटक पढिएको
कांग्रेस क्षेत्रीय सभापति हेमले जुटाए क्यान्सरपीडितको लागि सहयोग

पाँचखाल\ नेपाली कांग्रेस क्षेत्र नं २ (१) का सभापति हेमकुमार तामाङले क्यान्सरपीडिको लागि १ लाख सहयोग जुटाएका छन् ।

मुखको क्यानसरले थलिएका पाँचखाल नगरपालिका –८,चिसापानीका ४१ वर्षीय उमेश तामाङलाई कांग्रेस नेता एंव समाजसेवी तामाङको पहलमा १ लाख रुपैंया सहयोग प्रदान गरिएको हो ।

आर्थिक स्थिती कमजोर रहेका उमेशको सहयोगको लागि हेमले न्युयोर्कमा रहेका आफ्ना साथीहरुलाई जानकारी गराएपछि त्यहाँको मामा–भाञ्जा ग्रुपका दावा लामा, जोन लामा र न्यु हेमेस्पियर नेपाल कम्युनिटी सोसाइटीका मिङमार शेर्पाको पहलमा अमेरिका सहयोग संकलन भएको थियो ।

तामाङले पाँचखाल वडा नं ८ का अध्यक्ष रहेका कांग्रेस नगर सभापति सञ्जय तामाङको रहोवरमा सहयोग हस्तान्तरण गरे । क्षेत्रीय सभापति तामाङले यस्ता प्राणघातक रोगको सरकार आफैले उपचार गर्नुपर्ने भन्दै पीडितलाई थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

३ पटक शल्यक्रिया गर्दा १७ लाख रुपैयाँ सकिएको र आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको उमेशका दाजु दिनेशले बताए । उमेशको उपचारको लागि संघीय सरकारबाट १ लाख, बाग्मती प्रदेशबाट ५० हजार र पाँचखाल नगरपालिकाले १० हजार रुपैयाँ सहयोग गरेको छ ।


प्रतिक्रिया दिनुहोस