आगलागी हुँदा ९ वटा सटरमा रहेका पसलमा क्षति

नौलो समाचार संवाददाता
२०८० कार्तिक १७, शुक्रबार मा प्रकाशित ७३१ पटक पढिएको
आगलागी हुँदा ९ वटा सटरमा रहेका पसलमा क्षति
तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय काभ्रे

पाँचखाल \ विध्युत सर्ट भइ आगलागी हुँदा पाँचखाल–४ स्थित समाजकल्याण चोकको एक घरका ९ वटा सटरमा रहेका पसलमा क्षति पुगेको छ ।

समाजकल्याणचोकमा उद्धवप्रसाद तिमल्सिनाको घरमा रहेका ९ वटा सटरमध्ये ४ वटा कपडा पसल पुर्णरुपमा र ३ वटा होटल, १ मोबाईल पसल र १ मासु पसल रहेको सटरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, शुक्रवार विहान अन्दाजी सवा ६ बजे शुरु भएको आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोथ ६ बजेर ५५ मिनेटमा नियन्त्रणमा आएको थियो ।

करिब ७२ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया दिनुहोस