रविओपीमा अपांगता भएकालाई ह्विल चेयर र विपन्न परिवारलाई आर्थिक सहयोग

नौलो समाचार संवाददाता
२०८० कार्तिक १८, शनिबार मा प्रकाशित १५२४ पटक पढिएको
रविओपीमा अपांगता भएकालाई ह्विल चेयर र विपन्न परिवारलाई आर्थिक सहयोग

बनेपा \ बनेपा–५ रविओपीमा अपांगता भएका र विपन्न परिवारलाई सहयोग गरिएको छ ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका सामाजिक व्यक्तित्व सुधिर वैद्यको पहलमा बेलायतमा रहेको माइला कान्छा मानवीय सहयोग समुह र इन्द्र शोभा मिलन युवा क्लबका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता हरि थापाले अपांगता भएका रेशम मिजारलाई ह्विल चेयर र आर्थिक विपन्न ६५ बर्षीय कमली बानियालाई १८ हजार १ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । माइला कान्छा मानवीय सहयोग समुहको तर्फबाट पार्वती गुरुङ, माया गुरुङ र सुधीर वैद्यले सहयोग हस्तान्तरण गरेका थिए ।

सामाजिक क्षेत्रमा कृयाशिल थापा नेपाली कांग्रेसको राजनीतिमा पनि सकृय छन् ।

कार्यक्रममा नेपाली कांग्रेस बनेपा ५ का सभापति देवराज थापा, नेपाल तरुण दल काभ्रेका उपसभापति विजेन रञ्जित, सचेत दुवाल, बनेपा सभापति विवेक फैजु, नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापा लगायत कांग्रेस र तरुण दलका नेता कार्यकर्ता उपस्थित थिए ।

केन्द्रीय सदस्य वैद्यले राजनीतिसंंगै समाजसेवालाई संगै लिएर जाने बताए ।

प्रतिक्रिया दिनुहोस