बेथानचोक गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाइ

नौलो समाचार संवाददाता
२०८० कार्तिक २२, बुधबार मा प्रकाशित २५९ पटक पढिएको
बेथानचोक गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाइ

ढुंखर्क \ बेथानचोक गाउँपालिकाले आर्थिक बर्ष २०७९\०८० मा र चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधीमा गरेका कामका बारेमा सार्वजनिका सुनुवाइ गरेको छ ।

सहभागिता, पारदर्शिता र जवाफदेहितालाई जोड दिँदै सार्वजनिक सुनुवाइ गरिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिकाको गतिविधी बारे जानकारी गराएकी थिइन् ।

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले शाखागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार अनुसार काम भइरहेको जानकारी दिए ।

सार्वजनिक सुुनवाइमा सहभागीले शैक्षिक गुणस्तर बृद्धि हुुनपर्ने गाउँपालिका भवन बन्न नसकेको, कार्यक्रम र योजना प्रभावकारी हुन नसकेको लगायतका गुनासो गरेका थिए । गुनासोबारे सम्वन्धित शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।

गाउँपालिका अध्यक्ष अधिकारीले चुनावी प्रतिवद्धता क्रमशः पुरा गर्दै लगेको बताए । उनले आन्तरिक श्रोतबाट कालोपत्रे गर्न शुरु गरिएको भन्दै प्रत्येक बर्ष ५ किलोमिटर सडक कालोपत्रे गर्ने बताए । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, युवा लक्षित कार्यक्रमलाई विशेष जोड दिदैं बेथानचोक गाउँपालिकालाई एग्रो टुरिजम हब बनाएरै छाड्ने लक्ष्य रहेको उल्लेख गरे । पालिकाको आफ्नै प्रशासकीय भवन बनाउन प्रयासरत रहेको भन्दै उनले आम नागरिकको साथ र समर्थन आवश्यक रहेको बताए । सामुदायिक वनमा झाडी फडानी गरी फलफूलका विरुवा र जडिबुटि रोप्ने योजना रहेको उनले सुनाए ।


प्रतिक्रिया दिनुहोस