भूग्देउमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर

नौलो समाचार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार मा प्रकाशित २०० पटक पढिएको
भूग्देउमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर

भुग्देउ \ बेथानचोक गाउँपालिका वडा नंं ६ स्थित स्वास्थ्य चौकीमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर गरिएको छ । शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच गरिएको थियो ।

वडा कार्यालयको आयोजना तथा कान्छी माया तामाङ फाउण्डेशनको सहकार्य र सहयोगमा सञ्चालित शिविरमा १ सय १५ महिलाले सेवा लिएको फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर थोकरले जानकारी दिए । स्त्री रोग विशेषज्ञ डा. सञ्जिव योञ्जन र डा. निता तिमिल्सिना र फिजियोथेरापिस्ट डा. प्रभाकरण तिमिल्सिनाले सेवा प्रदान गरेका थिए ।

पाठेघर खस्ने समस्या देखिएका ३ जनालाई निशुल्क शल्यक्रियाको व्यवस्था मिलाउने फाउण्डेशनका अध्यक्ष थोकरले जानकारी दिए ।

फ्रेञ्च सहयोगी संस्थाकी अध्यक्ष डिडीले शिविर निकै फलदायी भएको प्रतिकृया दिँदै यस्ता खाले सहयोग निरन्तर हुने बताइन् ।

बेथानचोक वडा नं ६ का अध्यक्ष विष्णु तामाङले महिलाहरुको लागि गाउँघरमा नै शिविर सञ्चालन गरेकोमा आभार प्रकट गरे ।

फाउण्डेशनका अध्यक्ष थोकरले ग्रामीण भेगका महिलाहरुमा रहेका रोग पत्ता लगाउन शिविर सञ्चालन गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस