काभ्रेमा राती ९:३० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

नौलो समाचार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार मा प्रकाशित ४३५ पटक पढिएको
काभ्रेमा राती ९:३० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

बनेपा \ जिल्ला प्रशासन कार्यालय काभ्रेले तिहारमा राती ९ः३० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको सूचनामा सभ्य, सुरक्षित र मर्यादित तरिकाले चाडपर्व सञ्चालन गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको सूचनामा चाडपर्वको समयमा हुन सक्ने चोरी, ठगी, गैरकानूनी, अवैध कारोबार कृयाकलापहरुबाट सचेत हुनका साथै पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थ उत्पादन, ओसार पसार, विक्री वितरण र प्रयोग समेत गर्न सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस