मण्डनदेउपुर नगर अस्पतालको क्षमता विस्तार, थप १५ शैयाको भवन शिलान्यास

नौलो समाचार संवाददाता
२०८० कार्तिक २६, आईतबार मा प्रकाशित ४०६ पटक पढिएको
मण्डनदेउपुर नगर अस्पतालको क्षमता विस्तार, थप १५ शैयाको भवन शिलान्यास

मण्डनदेउपुर\ मण्डनदेउपुर नगर अस्पतालको क्षमता विस्तार थालिएको छ ।

बाग्मती प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा ५ शैयामा सञ्चालित अस्पतालमा संघीय सरकार र नगरपालिकाकै सहकार्यमा थप १५ शैयाको अस्पताल भवन शिलान्यास गरिएको हो ।

२२ करोड ८६ लाख ६० हजार ४ सय ४७ रुपैयाँको लागतमा बन्ने अस्पताल संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शिलान्यास गरे ।

२०८० जेठ ३० गते भएको निर्माण सम्झौता अनुसार २०८१ पुष १ गते भवन निर्माण सम्पन्न गर्नुपर्नेछ ।

मन्त्री मोहनबहादुर बस्नेतले नगर अस्पतालको लागि मन्त्रालय बाट मेडिकल उपकरण र जनशक्ति छिट्टै उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले जनताले अनुभुती हुने गरि स्वास्थ्य मन्त्रालयले काम गरिरहेको दाबी गरे ।

नगर प्रमुख टोकबहादुर वाइवाले मन्त्री बस्नेतको ‘क्रान्तिकारी निर्णय´का आधारमा मण्डनदेउपुर नगर अस्पतालले सहयोग प्राप्त गरेको भन्दै आभार प्रकट गरे ।

नगर उपप्रमुख विष्णुमणि नेपालले नगरको आन्तरिक श्रोतबाट जनशक्ति व्यवस्थापन गर्दा निकै चुनौतीपूर्ण रहेको भन्दै विशेषज्ञसहितको जनशक्ति व्यवस्थापन गरिदिन अनुरोध छ ।


प्रतिक्रिया दिनुहोस