‘पनौतीका केही जात्रापर्वहरू’को दोस्रो संस्करण लोकार्पण

नौलो समाचार संवाददाता
२०८० कार्तिक २६, आईतबार मा प्रकाशित ३४० पटक पढिएको
‘पनौतीका केही जात्रापर्वहरू’को दोस्रो संस्करण लोकार्पण
तस्वीर सौजन्य : सूर्यप्रसाद लाकोजू

काभ्रे \ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको ‘पनौतीका केही जात्रापर्वहरू’को दोस्रो संस्करण लोकार्पण भएको छ ।

प्राचीन नगर पनौतीमा वर्षभरि मनाईने जात्रा तथा चाडवाडका विषयमा तयार गरिएको पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो । पनौती नगरको परिचय, इतिहास, जात्रा पर्वहरू, मकुण्डो नाच आदि विषय समेटिएको पुस्तकमा ५ खण्ड छन् ।

संस्कृतिकर्मी तथा इतिहासकार प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठ, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी तथा पूर्व नगरप्रमुख भीम न्यौपाने र लेखक लाकोजूले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।

पुस्तकका सर्जक लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रद्धा, भक्ति र प्रेमको प्रतीक रहेको बताए । लाकोजूका नेपाली साहित्यका विविध विधाका तीन दर्जन कृति प्रकाशित छन् । पुस्तक लेखनका लागि सूचना, जानकारी दिने महानुभावहरूलाई कार्यक्रममा कदर पत्र प्रदान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस