चण्डेनीमण्डन स्वास्थ्य चौकीको भवन उद्घाटन

नौलो समाचार संवाददाता
२०८० कार्तिक २६, आईतबार मा प्रकाशित ३६३ पटक पढिएको
चण्डेनीमण्डन स्वास्थ्य चौकीको भवन उद्घाटन

मण्डनदेउपुर – मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० स्थित चण्डेनीमण्डन स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ ।

२०७२ साल बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्यचौकी भवन भारतीय दुतावासको सहयोगमा १ करोड ८५ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । आवासीय सुविधासहित स्वास्थ्यचौकीमा १२ कोठा छन् । तत्कालिन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठल २०७८ असार असोज १९ गते शिलान्यास गरेको भवन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आईतबार उद्धघाटन गरेका हुन् ।

स्वास्थ्यचौकी भवन निर्माणको लागि समन्वय र नेतृत्व गरेका तत्कालिन वडा अध्यक्ष एवं हालका नगर उपप्रमुख विष्णुमणी नेपालले पिताको स्मृतीमा २२ आना जग्गा दान गरेका थिए । स्थानीय राम प्रसाद नेपाल र पिताम्बर नेपालले पनि पिताको स्मृतीमा १२/१२ आना जग्गा स्वास्थ्यचौकी निर्माणको लागि दान गरेका थिए ।

पुनःनिर्मित चण्डेनीमण्डन स्वास्थ्य चौकी भवन हालसम्म नगरपालिकाभित्र रहेको स्वास्थ्यचौकी मध्ये भौतिक रुपमा सबैभन्दा ठूलो र व्यवस्थित रहेको वडा नं १० का अध्यक्ष कुमार तामाङले बताए ।

कार्यक्रममा जग्गा दातालाई वडा कार्यालयले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।

कार्यक्रममा नगरप्रमुख टोक बहादुर वाईबा, उपप्रमुख विष्णुमणि नेपालसहित विभिन्न वडाका वडा अध्यक्ष र स्थानीय सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस