देउसी भैलोबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा

नौलो समाचार संवाददाता
२०८० मंसिर ११, सोमबार मा प्रकाशित २९७ पटक पढिएको
देउसी भैलोबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा

नमोबुद्ध\ भकुण्डेवेशीमा देउसी भैलो खेलेर संकलित १६ लाख मध्येबाट ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको जनक माध्यमिक विद्यालय, जनक बहुमुखी क्याम्पस, नमोबुद्ध नगर पतञ्जली योग समिति र भकुन्डेबेशी जेसीजले देउसी भैलो खेलेर संकलित १६ लाख २५ हजार ३६० रुपैयाँ रकम जम्मा गरिएको थियो ।

तीनवटै आयोजक संस्थाका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्रीलाई भेटेर चेक हस्तान्तरण गरेका हुन् ।

बाकी रकम मध्येबाट ७ सय ५० थान ज्याकेट र टोपी जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई पठाइने जनक माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत दाहालले जानकारी दिए ।

नमोबुद्ध नगरपालिका वडा नं. २ चिस्यान बुचाकोट, नमोबुद्ध नगरपालिका वडा नं. ७ नौबिसे र भकुन्डे बजारमा देउसी भैलो खेलिएको थियो ।

नमोबुद्ध नगर प्रमुख कुन्साङ लामाले व्यक्तिगत रुपमा १ लाख १ हजार सहयोग गरेका थिए । अन्य संघसस्था र व्यक्तीले सहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस