डालावेशीमा भएको सवारी दुर्घटनामा महिलाको मृृत्यु

नौलो समाचार संवाददाता
२०८० मंसिर १४, बिहिबार मा प्रकाशित ३३० पटक पढिएको
डालावेशीमा भएको सवारी दुर्घटनामा महिलाको मृृत्यु
प्रतिकात्मक तस्वीर : इन्टरनेटबाट

रोशी – रोशी गाउँपालिका वडा नं ११, डालावेशीमा भएको सवारी दुर्घटनामा घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठका अनुसार, काठमाण्डौबाट सिन्धुलीतर्फ जादै गरेको बा.प्र.०२–०२४ प ४०९२ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टदा पछाडि सवार काठमाण्डौ महानगरपालिका वडा नं ११ बस्ने अन्दाजी ६१ बर्षकी कि बिन्दा गिरीलाई सोहि दिशाबाट आउदै गरेको बा ४ ख ७५१८ नं. को बसले ब्रेक लगाउने क्रममा पछाडिको भागको बाँया साईडको चक्काले किचेको थियो ।

उपचारको लागि धुलिखेल अस्पताल पठाइएकी उनको ले उपचारको क्रममा गिरीको मृत्यु भएको घोषणा गरेको श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकल चालक उनका श्रीमान् काठमाण्डौ महानगरपालिका वडा नं ११ बस्ने अन्दाजी ६१ बर्षका ज्ञानराज गिरी घाइते छन् । उनको दाहिने हात र खुट्टामा चोट छ ।

ठक्कर दिने बस ,बस चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस