नेत्ररोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन बनेपामा हुने

नौलो समाचार संवाददाता
२०८० मंसिर १५, शुक्रबार मा प्रकाशित ३४२ पटक पढिएको
नेत्ररोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन बनेपामा हुने

बनेपा – नेत्ररोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन बनेपामा हुने भएको छ ।

बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले मंसिर २२ र २३ गते सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा अमेरिकाका करिब ५० र नेपालका करिब १ सय ५० गरी २ सय नेत्ररोग विशेषज्ञको सहभागिता रहने अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिए ।

उनका अनुसार, सम्मेलनमा अमेरिका तथा नेपालमा भएको आँखाको उपचार सेवाको सन्दर्भमा अनुभव आदान–प्रदान गर्ने तथा आँखा उपचार सेवालाई गुणस्तरीय बनाउने विषयमा छलफल हुनेछ ।

आँखाको रोग सम्बन्धी समस्या, उपचारलगायतको विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

अमेरिकी विशेषज्ञको टोलीले रेयुकाई आँखा अस्पतालको ढल्केबर शाखा, जनकपुरको आँखा जाँच केन्द्रका साथै बनेपास्थित अस्पतालमा उपचार सेवा समेत दिनेछन् ।


प्रतिक्रिया दिनुहोस