स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान हुने

नौलो समाचार संवाददाता
२०८० मंसिर १५, शुक्रबार मा प्रकाशित २९९ पटक पढिएको
स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान हुने

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा मंसिर १६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।

स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा नगरपालिकाको प्रांगणमा नै रक्तदान कार्यक्रम हुन लागेको हो ।

सामाजिक काम गरेर स्थापना दिवस मनाउने उद्धेश्यले रक्तदान गर्न लागिएको नगर प्रमुख कुनसाङ लामाले बताए ।

रक्तदान गर्नको लागि नगरपालिकाले सबै जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधी, शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण नगरबासीमा अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस