पीकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

नौलो समाचार संवाददाता
२०८० मंसिर १६, शनिबार मा प्रकाशित २९२ पटक पढिएको
पीकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पात्लेखेत \ धुलिखेल–११, पात्लेखेतस्थित वीपी राजमार्गमा पिकअकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

भकुन्डेबेशीबाट काठमाडौं जाँदै गरेको बा.प्र १–०१–००१ च ८५९२ नंको योदा पिकअकले शनिवार विहान ६ बजेर १० मिनेटमा ठक्कर दिएका स्थानीय अन्दाजी ५० बर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपचारको लागि अस्पताल लगिएका उनलाई चिकित्सकले ६ बजेर ५५ मिनेटमा मृत घोषणा गरेका थिए ।

बनेपास्थित विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उनी कार्यालय बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै थिए ।

सार्वजनिक यातायात कुरिरहेको स्थानमा उनलाई पिकअपले ठक्कर दिएको थियो ।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस