आइजीपी कप फुटबल : चौथो दिनको खेलमा रामभक्त र नेपाल पुलिस विजयी

नौलो समाचार संवाददाता
२०८० मंसिर २३, शनिबार मा प्रकाशित ६३३ पटक पढिएको
आइजीपी कप फुटबल : चौथो दिनको खेलमा रामभक्त र नेपाल पुलिस विजयी
तस्वीर: नेपाल पुलिस स्कुल साँगा

बनेपा \ नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं आइजीपी कप फुटबल रनिङ ट्रफिको चौथो दिनको खेलमा रामभक्त मेमोरियल स्कुल बनेपा र नेपाल पुलिस स्कुल धरान विजयी भएका छन् ।

शनिवार भएको पहिलो खेलमा रामभक्त मेमोरियल स्कुल बनेपाले डिएभी स्कुल ललितपुरलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

डिएभिका लागि सुधाकर घिमिरेले खेलको १४ औँ मिनेटमा गोल गरेर अग्रता लिएपनि जोगाउन नसक्दा नतिजा अनुकुल बनाउन सकेन । विजयी टिमका लागि खेलको ३६औँ, ४३ औँ, ५० औँ र ५४ औँ मिनेटमा क्रमसः शेरिज मानन्धर, ह्रदयेन्द्र दर्लामी, लुनिभ मान्नधर र सन्दिप कार्कीले गोल गरे । डिएभिका लागी शाहेब गयजले १ गोल थपे पनि जितको लागि पर्याप्त भएन । विजयि टिमका लुनिभ मान्नधर म्यान अफ दि म्याच घोषित भए ।

शनिवार नै भएको दोस्रो खेलमा नेपाल पुलिस स्कुल धरानले बेलर स्कुल बनेपा बिरुद्ध ५–० सहज जित निकाल्यो । विजयि टिमको समिर राई एक्लैले ४ गोल गरे भने मयान्क क्षेत्रिले अर्को १ गोल थपे । समिर नै म्यान अफ दि म्याच घोषित भए ।

यो खेल सगैँ समुह ‘ए’ मा रहेको नेपाल पुलिस स्कुल धरानल दुई खेलमा दुई स्पष्ट जितका साथ ६ अंक बनाई तालिकाको शिर्ष स्थानमा छ । एक खेल खेलेको बुढानिलकण्ठले एक जितसगैँ ३ अंक जोडेको छ । दुई खेलमा १ बराबरि र एक हार सहित बेलर र एक खेलमा एक बराबरि सहित ग्रेसल्याड स्कुल सागाँ समान १ अंक जोडी तेस्रो र दुई खेलमा दुवै हार व्यहोरेको जेम्स स्कुल ललितपुर तालिकाको पुछारमा छ ।

आइतबार लिगका तिन खेल हुनेछन् । जसमा एनपिएस सामाखुसिले एपिएफको, एसओएस पनौतिले काष्ठमण्डप स्कुलको र आयोजक नेपाल पुलिस स्कुल सागाँ ‘बी’ ले ल्याबरोटरि स्कुल क्रिर्तिपुरको सामना गर्नेछन् ।

मंसिर २० गतेदेखि सुरु भएको प्रतियोगिता पुसको पहिलो हप्तासम्म चल्नेछ । १६ विद्यालयका १७ टिम सम्मिलित प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमस ५० हजार, ४० हजार र ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यसका साथै व्यतिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस