लैंगिक हिंसा विरुद्धको वक्तृत्वकला प्रतियोगितामा बविता प्रथम

नौलो समाचार संवाददाता
२०८० मंसिर २४, आईतबार मा प्रकाशित १४७ पटक पढिएको
लैंगिक हिंसा विरुद्धको वक्तृत्वकला प्रतियोगितामा बविता प्रथम

रोशी \ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा रोशी गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता भएको छ ।

माइती नेपालको सहकार्यमा रोशी गाउँपालिकाले गरेको माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगतामा १३ विद्यालयका बालबालिका सहभागी थिए ।

‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालवालिकामा लगानीको ऐक्यवद्धता’ शीर्षकमा भएको प्रतियोगितामा विन्धवासिनी माध्यामिक विद्यालयकी वविता विक प्रथम, चेतना माध्यामिक विद्यालयकी डोल्मा लामा दोस्रो र हरिशिद्धि माध्यामिक विद्यालयकी मनिता तामाङ तेस्रो भए ।

प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्यार्थीमार्फत कुनै सन्देश प्रवाह गर्दा छिटो र प्रभावकारी हुने भन्दै उनले प्रतियोगिताले सकरात्मक सन्देश दिएको बताए ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले देश बिकासका लागि समाजमा नकारात्मक सन्देशहरूलाई निरुत्साहित गर्दै सकारात्मक सन्देश फैलाउनुपर्ने बताए ।

सामुदायिक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष गुणराज मुक्तानले सामुदायिक विद्यालयको गुणस्तर बृद्धिको लागि स्थानीय सरकारले विद्यालयमा यस्ता रचनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस