रोशी गाउँपालिकामा वडागत रुपमा चौमासिक समिक्षा

नौलो समाचार संवाददाता
२०८० मंसिर २६, मंगलबार मा प्रकाशित १५९ पटक पढिएको
रोशी गाउँपालिकामा वडागत रुपमा चौमासिक समिक्षा

रोशी \ रोशी गाउँपालिकाले चालु आर्थिक बर्षको चौमासिक प्रगति समिक्षा वडागत रुपमा नै गरेको छ ।

वडामा रहेका योजना सम्झौता, आन्तरिक आयको स्थिती, वडाका आगामी कार्ययोजना, समस्या, सम्भावना र चूनौतीको विश्लेषणसहित समिक्षा गरिएको हो ।

गाउँपालिकाका विभिन्न शाखाले पनि प्रथम चौमासिक अवधीमा गरेका कामको समिक्षा प्रस्तुत गरेका थिए ।

वडा र शाखागत रुपमा प्रगति समिक्षा सुनेपछि गाउँपालिका अध्यक्ष दिनेश लामाले समिक्षाका आधारमा कार्ययोजना बनाइने बताए ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले सेवाग्राहीलाई सहज सेवा दिन र कमिकमजोरी भए सच्याएर अगाडी बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस