नमोबुद्धमा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन

नौलो समाचार संवाददाता
२०८० मंसिर २८, बिहिबार मा प्रकाशित ५३५ पटक पढिएको
नमोबुद्धमा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन

भकुण्डेवेशी\ नमोबुद्ध नगरपालिकामा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ ।

मानवबेचबिखन विरुद्धको स्थानीय समिति (गठन तथा परिचालन) निर्देशिका, २०७० मा भएको व्यवस्था बमोजिम नगर प्रमुख कुनसाङ लामाको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिको सदस्यमा सामाजिक विकास समितिका संयोजक रहेका वडाअध्यक्ष विरबहादुर लामा, कार्यपालिका सदस्य सुशिला परियार, सेफ हाउस सञ्चालक संस्थाकातर्फबाट देवकी कोइराला खनाल, महिलाको क्षेत्रमा कृयाशिल सस्थाको तर्फबाट राधिका श्रेष्ठ तिमल्सिना, शर्मिला खनाल, बाल क्लब सञ्जालको तर्फबाट निकेश थापा, पत्रकार नगेन्द्र अधिकारी, प्रहरी चौकी भकुण्डेवेशीका इञ्चार्ज रामप्रकाश यादव, महिला स्वास्थ्य स्वंयमसेविका इश्वरी वडाल र महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवार छन् । समितिले रामेश्वर अधिकारी र रामहरी आचार्यलाई सदस्यको रुपमा मनोनित गरेको छ ।

समितिको बैठकमा नगरभित्रका प्रहरी युनिटको सहयोगमा नगरपालिकामा मानबबेचबिखनको अवस्थाका बारेमा तथ्याकं संकलन गर्ने, मानबबेचबिखनका बिषयमा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता गर्ने लगायतका निर्णय गरिएको छ ।

नमोबुद्ध नगरपालिकामा पछिल्लो समय माइती नेपालले मानब बेचबिखनविरुद्धको कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालय र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरेको माइती नेपालले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा पनि अन्तरिक्रया आयोजना गरेको थियो । न्यायिक समितिसंगको छलफल लगायका कार्यक्रम तय भएको माइती नेपालका फिल्ड संयोजक राजन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस