बार्षिकोत्सवमा शिक्षकलाई सम्मान, विद्यार्थीलाई जुत्ता र मोजा वितरण

नौलो समाचार संवाददाता
२०८० मंसिर २८, बिहिबार मा प्रकाशित ३४२ पटक पढिएको
बार्षिकोत्सवमा शिक्षकलाई सम्मान, विद्यार्थीलाई जुत्ता र मोजा वितरण

धाईटार/ मण्डनदेउपुर–८ स्थित भवानी आधारभूत विद्यालयको ५१ औं बार्षिकोत्सवको अबसरमा संस्थापक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकलाई सम्मान गरिएको छ ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हरिप्रसाद पौडेलका छोरा केशव पौडेललाई सम्मान गरियो । पूर्व अध्यक्ष गोपिकृष्ण पौडेल, पूर्व अध्यक्ष देवनारायण पौडेलको धर्मपत्नी दुधकुमारी पौडेल, भवदत्त सापकोटा, अच्युतप्रसाद पौडेल, रामहरि पौडेल, भोलानाथ पौडेललाई विशेष सम्मान प्रदान गरियो ।

विद्यालयमा शिक्षण कार्यमा संलग्न प्रधानाध्यापक तथा प्रशासक सोमनाथ सापकोटा, शंकर खड्का र खड्गप्रसाद सापकोटालाई सोही अवसर सम्मान गरिएको थियो ।

त्यस्तै भरत बिष्ट, राममणि नेपाल, पारस काफ्ले, स्व. पुरुषोत्तम नेपाल,बालकृष्ण चौलागाई, उमा प्रसास उप्रेती, शंकर बहादुर खड्का, ईश्वरी पौडेल, जानुका पौडेल कश्यपप्रसाद पौडेल, भिमप्रसाद पौडेल, खड्गप्रसाद सापकोटा, गोमा भट्टराई, मिरा सापकोटा, अञ्जना ढुंगाना, निर्मला श्रेष्ठ, रामहरि नेपाल र ईन्दिरा बुढाथोकीलाई सम्मान गरियो ।

आफूले कखरा सिकेको विद्यालयका सबै विद्यार्थीलाई दाउरा चुल्हो रेष्टुरेन्ट भक्तपुर पलासेँका प्रोपाईटर बिष्णुप्रसाद सापकोटाले छालाको जुत्ता र मोजा उपलब्ध गराएका छन् । पूर्व विद्यार्थी समेत रहेका पत्रकार केशवराज पौडेलले समन्वय गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रधानाध्यापक सोमनाथ सापकोटा, समाजसेवी अनिल सापकोटा, पूर्व शिक्षक तथा साविक महादेवस्थान गाविसका अध्यक्ष भरत बिष्ट, कार्यपालिकाका सदस्य विकास राई लगायतकाले मन्तव्य राखेका थिए ।

प्रधानाध्यपक रुक्मणी पौडेलले विद्यालयको प्रगति प्रतिवेदन पेश गरिन् ।


प्रतिक्रिया दिनुहोस