निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ४६ लाभान्वित

नौलो समाचार संवाददाता
२०८० मंसिर २८, बिहिबार मा प्रकाशित २३५ पटक पढिएको
निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ४६ लाभान्वित

रोशी \ रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ४६ जना लाभान्वित भएका छन् ।

ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा प्रसुती तथा स्त्री रोगमा ५७ जना, बाल रोगमा ४६ जना, हाडजोर्नी तथा नशा रोगमा १९५ जना, नाक कान घाटी रोगमा ५८ जना, आँखा रोगमा ३७४ जना, दन्तरोगमा ८१ जना, इसिजी सेवामा ८८ जना, भिडियो एक्सरे सेवामा १९६ जना र शल्यक्रिया सर्जरी सेवामा ४४ जनाले सेवा लिएको आयोजकले जनाएको छ ।

अर्थाेपेडिकका ९ जना, नाक, कान घाटीका ७ जना, २२ जना जनरल सर्जरीका गरी ३८ जनाको शल्यक्रिया नै गर्नुपर्ने पहिचान भएको ग्रेस नेपालका अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले निःशुल्क स्वास्थ्य शिविरका लागि ग्राणिम भेग रजवास रोजेकोमा आयोजक र प्रबिधिक टिमलाई धन्यवाद व्यक्त गरे । ५८ सय घरपरिवार मध्ये २१ सय घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य विमा गरेको लामाले बताए ।

ग्रामिण भेगका मानिसको स्वास्थ्य उपचारमा संलग्नता हुन पाएकोमा खुसी लागेको काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालका डा. रोशन ओझाले बताए ।

स्वास्थ्य उपचारको लागि टाढा पुग्नु पर्नेमा गाउँमै डाक्टरसहितको टोली आएर स्वास्थ्य सेवा दिएकोमा स्थानीय कुमार किंरिङ मगरले खुसी व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस