काठमाडौ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे अध्यक्षमा सहकारी खबर डटकमका काजी श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ दाेश्राे कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् ।
सिजेएनकाे १३ औं बार्षिक साधारणसभाबाट श्रेष्ठकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विराेध चयन भएको हाे ।
उपाध्यक्षमा सहकारी सञ्चार डटकमका अर्जुन खतिवडा, सचिवमा विकास न्युज डटकमका सन्ताेष राेकाया, सह-सचिवमा मेराेलगानी डटकमका सुधा देवकाेटा र काेषाध्यक्षमा नेपाल पत्र डटकमका माधव कुमार खड्का चयन भए ।
सदस्यमा अर्थबजार डटकमका नमिता दुलाल र बाह्रखरी डटकमका बलराम बुढाथाेकी छन् ।
समाजकाे विधान अनुसार २ सदस्य पछि मनाेनित गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस